NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा सप्तमी - २२

परिचय

नेपालमा हुलाक सेवाः

नेपालमा चिठीपत्र मार्फत खबर, सूचना र समाचार आदान-प्रदान गर्ने उद्देश्यले तत्कालीन राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा विक्रम सम्बत् १९३५ मा नेपाल हुलाक घरको स्थापना भई हुलाक सेवाको प्रारम्भ भएको पाइन्छ । सन् १९७४ मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाको उपस्थिति भई नेपालमा अन्तर्राष्ट्रिय हुलाक सेवाको पहुँच सम्भव भएको हो ।

हुलाकबाट प्रवाह हुने अनिवार्य सेवा अन्तर्गत चिठ्ठीपत्र, पुलिन्दा, हुलाक मञ्जुषा पर्छन ।त्यस्तै,व्यवसायिक सेवा तर्फ द्रुत डाँक र हुलाक बचत बैंक पर्छन्।वर्तमान सञ्चार प्रविधिमा भएको व्यापक विस्तार तथा निजी डाँक सेवासँग प्रतिस्पर्धाको चुनौती सामना गर्नका लागि नेपाल हुलाकले वि.सं. २०७३ सालदेखि आन्तरिक ट्रयाकिङ्ग प्रणाली [Postal Internal Tracking System(PITS)] का साथै काठमाडौं उपत्यकाभित्र घुम्ती हुलाक सेवा पनि विस्तार गरेको छ ।


जिल्ला हुलाक कार्यालय बाजुराः

नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत हिमाली जिल्लामा पर्ने यस बाजुरा जिल्लाको कूल क्षेत्रफल २१८८ वर्ग किलोमिटर रहेको छ भने यहाँ ४ वटा नगरपालिका र ५ वटा गाँउपालिका गरी जम्मा ९ वटा स्थानीय तहहरु रहेका छन् । यस जिल्लामा सञ्चारको सवैभन्दा पुरानो माध्यम साथै भरपर्दो, विश्वासिलो तथा अभिन्न अंगका रुपमा रहेको हुलाक सेवाको पुन संरचना संगै सांगठनिक रुपमा बडिमालिका नगरपालिकामा १ जिल्ला हुलाक कार्यालय, र बांकि ८ पालिकाहरुमा ८ वटा पालिका हुलाक कार्यालयहरु साथै जिल्ला भरी १७ वटा अतिरिक्त हुलाक कार्यालयहरुले हुलाक सेवा प्रदान गरिरहेका छन् ।